महानगरीय प्रहरी कार्यालयमा थप १३ जनामा कोरोना संक्रमण



काठमाडौं : महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो ।

योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ ।

योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २ सय ७८ पुगेको छ । देशभर एक हजार ५ सय ६७ प्रहरी संक्रमित छन् । तीमध्ये ६ सय ७४ जना निको भएर फर्किसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्