पत्रकारमाथि एसिड प्रहार



पर्सा : वीरगन्जबाट प्रकाशित ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् । 

 

वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उनीमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

 

घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

 

अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्