प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान



पोखरा : सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो ।

संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल रु एक लाख दुई हजार ४१० बराबरको सामग्री प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीमा रोगले भन्दा पनि मनोरोगले सबैलाई आक्रान्त पारेको बताउँदै संस्थाका तर्फबाट त्यसमा थप सहजीकरण गर्ने बताए । विभिन्न माध्यमबाट कोरोना भाइरसको नकारात्मक धारणालाई चिर्दै सर्वसाधारणले रोगसँग लड्ने हौसला बढाउनुपर्ने आवश्यकता उनले औल्याए।

प्रहरी उपरीक्षक श्रेष्ठले नेलम्बो नेपालले सराहनीय कार्य गरेको चर्चा गर्दै संस्थालाई स्वास्थ्य सुरक्षा एवं सचेतनालगायतका थप क्रियाकलाप गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल

काठमाडौं– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि