वीरगन्जका मेयर सरावगीका बुबाको निधन



वीरगन्ज : वीरगन्ज महानगरपालिकाकाख मेयर विजयकुमार सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको निधन भएको छ ।

आइतबार राति १२ बजेर ५ मिनेटमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा ७८ वर्षीय सरावगीको निधन भएको परिवारका सदस्यले जनाएका छन् ।

गत साउन १४ गते मेयर सरावगीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका बुवा चिरञ्जीवीलालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि वीरगन्जबाट काठमाडौं लगिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई साउन २४ गते काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा भदौ २ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका थिए ।

तर कोरोना मुक्त भएपनि मुटु र मृगौलामा जटिल समस्या भएका कारण उनको ग्राण्डी अस्पतालको अति सघन कक्षमा राखेर उपचार भइरहेको थियो । स्वर्गीय चिरन्जीवीलाल सरावगीको सोमबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन् ।

प्रकाशित ः भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्