लिबर्टी ईनजीले साधारण सेयर बाँडफाँट गर्ने



काठमाडौं : लिबर्टी ईनर्जी कम्पनीले साधारण सेयर बाँडफाँट गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्काशन गरेको थियो । सोही निष्काशन गरेको साधारण सेयर बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा अन्तिम दिनसम्म १ लाख ९१ हजार १ सय जना आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले भदौ ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रति सेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार धितोपत्र बोर्डले अनुमति दिएकोले साधारण सेयर बाँडफाँड गर्न लागेको हो ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्