काठमाडौं : प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।
पहिलो श्रेणीमा बढुवा भएका डीआईजी विनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ भने एसएसपी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका डीआईजी शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।
प्रहरी प्रधान कार्यालयले ६ जना डीआईजीको सरुवा समेत गरेको छ । यसअघि महानगरीय प्रहरीको प्रमुख रहेका डीआईजी मनोज न्याैपाने प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी निरीक्षणालयमा सरुवा भएका छन् ।
डीआईजी दिनेश आमात्य प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको प्रमुखका रुपमा सरुवा भएका छन् ।