वीरगन्जमा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु



वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणबाट ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जका ती पुरुषको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको हो ।

सोमबार राति १२ बजेर ४५मिनेटमा उनको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

टाईप टु मधुमेह र मृगौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्