नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाकाे अढाई अर्ब सहयाेग



काठमाडाैं  : चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिँदै आएकचो सहयोग ५० प्रतिशतले बढाएको छ । उसले दुई अर्ब ५३ करो८ रुपैयाँ अर्थात् एक सय ५० मिलियन आरएमबी बराबरको सैन्य सहायता गर्ने भएको हो । 

उप्रधान थता रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रम०ाका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रषा मन्त्रालयका अधिकारीले बताए । 

बेइजिङ जियान्सेन फोरम नमक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानम्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका थिए । चिनियाँ समकक्षी वाई फेङ्गेको निमन्त्रणामा उनको चीन भ्रमण तय भएको हाे ।

 

एक सयभन्दा बढी मुलुकका सैन्य प्रतिनिधि सहभागी रहने उक्त फोरममा चीनले प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति चाहेको थियो । थापा प्रधानसेनापति भएपति भ्रमणमा भन्दा आन्तरिक व्यवस्थापन र सुधारमा लागेकाले व्यस्तता देखाएर उपरथीलाई प्रतिनिधि पठाएका छन् । 

 

‘चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्याएका हो’, रक्षा सचिव विष्ण् लम्सालले भने, ‘चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिकमा लागि आवश्यक सामग्री हुन् । सीधा रकम उपलब्ध हुने भनेको हैन ।’ 

 

आजका विभिन्न पत्रपत्रिकाले खबर छापेका छन् ।  

प्रतिक्रिया दिनुहोस्