काठमाडौं : कांग्रेसको विधान–मस्यौदा समितिले पार्टी विधानको अन्तिम मस्यौदा लेखनको काम सुरु गरेको छ ।
प्रदेशस्थरी भेलबाट सुझाव संकलन गरेको समितिले फूलपातीसम्म बैठक गरेर सुझाव कसरी समेट्ने टुंग्याउका थिए । यसपति केही सदस्यलाई सुझाव समेटेर अन्तिभम मस्यौदा लेख्न खटाइएको छ ।
समिति सदस्यहरु रमेश लेखक, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू समिति संयोजक पूर्णबहादुर खड्कको संयोजनमा अन्तिम मस्यौदा लेख्न व्यस्त छन् । उनीहरुले यसै साता अन्तिम मस्यौदा तयार पार्ने समितिले जनाएको छ ।
समति संयोजक खड्काले भने, ‘हामीले पूलपातीसम्म एक चरणको काम सकेका थियौं ।’ टीकालगत्तै अन्तिम मस्यौदा लेखन सुरु भएको उनले जानकारी दिए । ढु्ंगानाले फूलपातीसम्म समितिले गरेका कामका आधारमा अन्तिम मस्यौदाको खाका बनाउन थालिएको पनि बताए ।
साथै कांग्रेसले हरेक वर्षको बडादसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको सुभकामना तथा चियापान कार्यक्रम सारको छ । नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कार्यक्रम सारिएको कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
७ सात कात्तिकका लागि तय गरिएको उक्त कार्यक्रम यही १६ गते १ बजेदेखि ५ बजेसम्मलाई सारिएको हो ।
प्रमुख बुँदामा भने समितिले शीर्ष नेताबीच सहमति गराई टुंगो लगाउने तयारी थालेको छ । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।