लिदी पहिरो : मृतकको संख्या ३७ पुग्यो, अझै २ जना बेपत्ता



चौतारा : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिराेमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्