केन्द्रीय कारागारका कैदीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं : कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए ।

क्षयरोगका साथै मानसिक रुपमा पनि समस्यामा रहेका उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो भने पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार १० भदौमा कोरोना संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।

मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्