डोटीमा ३.८ रेक्टर स्केलको भूकम्प



काठमाडौंः जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम

प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । रासस

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्