महिनामा ‘एक पटक’ विदेश भ्रमण गर्ने माधव नेपाल फेरि घाना प्रस्थान



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपाल साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।

सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा हुन लागेको साम्राज्यवाद र पुँजिवाद विरोधी सम्मेलनमा नेकपाको सहभागिता जनाउन नेपाल त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

नेपालको टोली २५ सेप्टेम्बरमा नेपाल फर्किनेछ । उनी अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा सहभागी भएर एक साताअघिमात्र स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्