हेम सरिता पाठक फाउण्डेशनले ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्दै



काठमाडौं : हेम सरिता पाठक फाउण्डेसनले ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने भएको छ । ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’मा गीतको उत्कृष्ट शब्दलाई एक हजार डलर पुरस्कार दिइने फाउण्डेसनले जनाएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु मेह पाठक र सरिता पाठनले उक्त प्रतियोगिताको घोषणा गरेका हुन् । प्रतियोगीताका लागि गीत आमागी मंसिर मसान्तसम्म पठाउन सकिने फाउण्डेसनका संयोजक राधेश्याम लेकालीले जानकारी दिए ।

फाउण्डेसनले पत्रकारिताका अलावा संगित र साहित्यमा विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ ।

यस्तो छ गीत पठाउने नियम

१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।
२.गीत रेकर्ड गरेको हुनुपर्नेछ ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।
४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन्। एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।
६.प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।
७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ ।
९. पुरस्कार : नगद १००० (युएसडलर) प्रमाणपत्रसहित हुनेछ।
१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क : Email : [email protected], Phone No : 9851059354

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्