हारकाे शृंखला ताेड्याे रियलले, पाँच खेलपछि पहिलाे जित



काठमाडाैं : यूइएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले रुसी क्लब भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ ।

 

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितको स्वाद चाखेको छ । रियलले सेप्टेम्बर २२ मा इस्पान्योललाई पराजित गरेयता पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको थिएन ।

 

यो जितले रियलका प्रशिक्षक जुलियन लुप्टेगुईंलाई पनि केही राहत मिलेको छ ।

 

रियलको जितमा करिम बेन्जेमा र मार्सेलोले गोल गरे । भिक्टोरियाका प्याट्रिक रोसोभस्काईले एक गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो । भास्क्वेजको क्रसमा अनमार्क रहेका बेन्जेमा फ्रि हेडरमार्फत गोल गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्