भारतमा ‘पब्जी’सहित ११८ मोबाइल एपमाथि प्रतिबन्ध



एजेन्सी : भारत सरकारले ‘पब्जी’सहित एक सय १८ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ ।

चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्