बाबुको हत्या अभियोगमा छोरा पक्राउ 



ताप्लेजुङ : बाबुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले ३२ वर्षीय छोरा गजेन्द्र गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) सञ्जयसिंह थापाका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङ बस्ने दिलबहादुर गुरुङको हत्या अभियोगमा छोरा गजेन्द्र पक्राउ परेका हुन्।

आइतबार छोरा गजेन्द्रले बाबु दिलबहादुरलाई आफ्नै भान्छा घरभित्र पहिले कुटपिट र पछि धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारार्थ झापा लैजाँदै गर्दा इलामको फिक्कल पुगेपछि दिलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बाबुलाई कुटपिट र धारिलो हतियार प्रहार गरी फरार रहेका गजेन्द्रलाई गएराती पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपी थप अनुन्धान कार्य जारी राखेको डिएसपी थापाले जानकार दिए। शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्