धनुषामा एक युवतीको शव फेला



अमरेश मिश्र/ जनकपुरधाम : धनुषामा आज (बिहीबार) बिहान एक युवतीको शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका– १ लखौरीस्थित पानीमा एक युवतीको शव फेला परेको हो ।

जनकपुर–जयनगर रेल्वे ट्रयाकको दक्षिणपट्टि रहेको खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा सो युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक युवतीको पहिचान अहिले खुल्न सकेको छैन ।

ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेत प्रहरी टोली पुगेको छ । जिल्लाको टोली पुगेपछि शवलाई बाहिर निकालि सनाखत गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने प्रहरीले जनाएको छ ।

यसअघि हिजो (बुधबार) समेत जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुवामा ७५ वर्षीय एक वृद्धको शव फेला परेको थियो ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्