दिल्लीबाट २८ नेपाली महिलाको उद्धार  



नयाँदिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

 

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटिको २ वटा फ्याट बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

 

घरेलु कामदारमा पठाउने भन्दै उनीहरुलाई एजेन्टले दिल्ली पुर्याएर बन्धक बनाइएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ ।

 

२१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । प्रहरीका अनुसार उनीहरुलाई जबर्जस्ती बन्धक बनाइएको दाबी छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्