पूर्व राजा शाह पाँचथरमा



पाँचथर : पूर्वी जिल्लाको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर सदरमुकाम फिदिम आइपुगेका छन्। शाहलाई समर्थकले फिदिममा भब्य स्वागत गरेका छन्। शाह सोमबार साँझ फिदिम बजार आइपुगेका हुन्। आइतबार इलाम बसेका शाहको स्वागतका लागि फिदिममा केहि दिनदेखि तयारी थालिएको थियो।

समर्थकले मोटरसाइकल र्याली गरी मेचीराजमार्गको लालिखर्कबाट ज्ञानेन्द्रलाई फिदिम ल्याएका थिए। उनका समर्थकले ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘हाम्रो राजा हाम्रो देश’ लगायतका नारा लगाएका थिए। राष्ट्रिय झण्डा लिएर उनको स्वागत भएको थियो।

शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकका नेता कार्यकर्ताको बढि सक्रियता देखिएको थियो। पूर्व राजा शाह स्थानीय मनस्वी होटलमा रहेका छन्। शाहले मंगलबार बिहान पैदल हिँनेर फिदिम बजार परिक्रमा गरी सुम्हालुङ मन्दिरमा पुँजा पाठ गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस्