ट्याक्टरले किच्दा एक जनाको मृत्यु 



ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ थुकिमामा ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ। दोभान बजारबाट निमार्ण सामग्री लिएर सोहि गाउँपालिकाको वडा नं ५ ओरक जाँदै गरेको मे१त ५८४५ नम्बरको ट्याक्टरले किच्दा ३५ वर्षीय आईतविर चोङ्वाङ लिम्बूको घटनास्थलमै मृत्यू भएको हो।

घटनास्थलतर्फ ईलाका प्रहरी कार्यालय दोभानवाट प्रहरी टोली गएको ताप्लेजुङ प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए। त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक तारा नेपालीका अनुसार ओर्लने क्रममा लिम्बूलाई ट्याक्टरले किचेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्