किङ्स–११ पन्जाबविरुद्ध सन्दीप प्लेइङ ११ मा



काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमबार हुने खेलका लागि दिल्ली क्यापिटल्सको प्लेइङ ११ मा परेका छन् । उनी दिल्लीकातर्फबाट किङ्स–११ पन्जाबविरुद्ध मैदान उत्रने भएका हुन् । 

खेल पञ्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।

यसअघिको खेलमा सन्दीपले कोलकता नाइट राइडर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए ।

४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुबमन गिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्