नेपाल प्रहरीले शान्ति मिसनमा जाने महिला प्रहरीकाे काेटा बढायाे



काठमाडाैं : नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पु-याएको छ । फम्र्ड पुलिस युनिट (एफपीयू) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो ।

 

प्रहरीले बनाएको एफपियू छनोट कार्यादेश, २०७५ मा २ जुनियर अधिकृतसहित हरेक एफपियू टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो ।

 

‘राष्ट्रसंघको महासभामा जाँदा प्रहरी महानिरीक्षकज्यूले महिलाको संख्या २० प्रतिशत पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ डिआइजी शैलेश थापा क्षेत्रीले भने, ‘कार्यादेशमार्फत त्यसलाई कार्यान्वयन अघि बढाइएको हो ।’

 

संयुक्त राष्ट्रसंघले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला पु-याउने नीति लिएको छ । जसअनुसार सबै देशलाई महिला सैनिक तथा प्रहरीको संख्या बढाउन निर्देशन दिएको थियो । शान्ति मिसनमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै राष्ट्रसंघले संख्या बढाउन लागेको हो । 

 

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्