आइपिएलः पञ्जाबसँग दिल्ली १४ रनले पराजित



काठमाडौं :  किंग्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। नेपालका सन्दीप लामिछाने सहभागी भएको टिम दिल्लीलाई सोमबार रातीको खेलमा पञ्जाबले १४ रनले पराजित गरेको हो।

यो सँगै आईपीएलमा पञ्‍जाबले तेस्रो जित दर्ता  गराएको छ। १६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा समेटिएको थियो। पञ्जाबका साम कुरानले चार विकेट । दिल्लीका लागि शिखर धवन र श्रेयश ऐय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए। कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए। १४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो। 

मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए। दिल्लीलाई पञ्जावले दियो १६७ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन   टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो। पञ्जाबका लाडि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाउँदा सर्फराज खानले ३९ रन जोडे।

मन्दिप सिंह २९ रनमा नट आउट रहदा साम कुरान २० रन बनाएर आउट भए।  दिल्लीबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीपले सोमबारको खेलमा २ विकेट लिएका छन्। उनले टिमलाई दोस्रो र चौथो सफलता दिलाएका थिए। ४ ओभर बलिङ गरेको सन्दीपले २७ रन खर्चिएर २ विकेट लिएका हुन्।

सन्दीपले ६.७५ को इकोनोमी रेटमा रन दिएका थिए। उनले साम कुरान र सर्फराज खानलाई आउट गर्दै दिल्लीलाई ठूलो राहत दिलाएका थिए। यसैगरी क्रिश मोरिसले ३ तथा कासिगो रावडाले २ विकेट लिएका थिए। 

 

प्रतिक्रिया दिनुहोस्