प्रहरी कार्यालयमा राहत लिन जाँदा प्रहरीद्वारा लाठ्ठिचार्ज



नरेश सर्राफ/पर्सा : लामो समयदेखि पर्सामा जारी निषेधाज्ञाले प्रभावित स्थानियले राहत लिन जाँदा प्रहरीले राहत त बाँडेन तर उल्टै लाठिचार्ज गर्दै धपाएको स्थानियले आरोप लगाएका छन् । निषेधाज्ञाबाट प्रभावित पर्साको वीरगन्ज महानगरपालिकाका सयौं गरिब जनता राहत लिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

राहत प्रदान गर्ने भन्दै महानगरका सम्पुर्ण वडा कार्यालयहरुलाई प्रहरीले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरुकालाई जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएको थियो । सोही अनुरुप बुधबार साँझ राहत लिन पुगेका सर्वसाधारणहरु मध्ये केहीले राहत बाँडेका थिए । बाँकीलाई राहत लिन बिहीबार बोलाईएको थियो ।

प्रहरीले राहत बाँडेको खबर सुनेर सयौंको संख्यामा महिलासहित स्थानिय जिल्ला प्रहरी कार्यालयमा पुगे । राहतको लागि ५० रुपैयाँको फर्म समेत भर्न लगाईयो तर राहत पाएन उल्टै प्रहरीले लाठी चार्ज गर्दै धपाएको स्थानियको आरोप छ ।

राहत लिन ५० रुपैयाँ शुल्क असुल्दै फर्म भर्न लगाईयो, प्रहरी उपरिक्षक गंगा पन्तले राहत लिन लाईनमा बस्न निर्देशन समेत दिईन तर पछि आफनो प्रहरी पठाएर लाठिचार्ज गर्न लगाईन, राहत लिन पुगेका वीरगन्ज स्थानिय एक युवकले भने, राहत त पाएनौ तर लठीले कुटाई खायो ।

पर्सा जिल्लामा साउन यता कोरोना संक्रमितको संख्या हवातै बढ्न थालेपछि स्थानिय प्रशासनले साउन ९ गतेदेखि वीरगन्ज महानगरपालिका र साउन १९ गतेदेखि पर्सा जिल्ला भरीनै अर्को सूचना प्रकाशित नहुनजेल निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी भएको आज ४० औं दिन पुगि सक्यो । यहाँका अतिआवश्यक लगायत सम्पूर्ण खाद्यन्न तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द छ । लगातार बन्दीका कारण गरिब तथा निमुखा जनता सबभन्दा बढी प्रभावित छन । सडक पेटीमा दिन विताउँन बाध्य रिक्सा तथा ठेला चालकलाई त एक छाकटार्न धौं धौं समेत परेको छ ।

लामो समय देखि निषेधाज्ञा जारी हुँदा पनि तीन तहको सरकार वा स्थानिय प्रहरी प्रशासनले राहतको व्यवस्था मिलाएको छैन । दैनिक एक छाकटार्न समस्या हुन थालेपछि बिहिबार स्थानिय संयौं संख्यामा रहेको महिलाहरुको समूहले राहत लिन प्रहरी प्रशासन कहाँ पुगेका थिए ।

स्थानिय प्रशासनले न त घरबाट बाहिर निस्कन दिएको छ, न त खानको लागि राहत नै दिएको छ । घरमा कति दिन भोकै बसु, स्थानिय वीरगन्ज ११ रानीघाटकी एक महिलाले भनिन् बैंकबाट कर्जा लिएर घर परिवार चलाउँदै आएका थियो, लामो समयको लकडाउनले गर्दा बैंक व्याज तिर्न सकिएको छैन्, नत सरकारले बैक व्याज नै माफ गरेको छ ।

उनले भनिन्, चार चार वटा बालबच्चा छन, घर परिवार चलाउँन सकिएको छैन, घरको अभिभावकलाई काम गर्न घरबाट निस्कन दिएको छैन, आफू पनि अरुको घरमा काम गर्न जाँदा यो संक्रमणले कसैले पनि घरमा काम दिई रहेको छैन, बालबच्चालाई कहाँबाट खाना ल्याएर दिउँ भन्दै आफनो पीडा सुनाईन ।

स्थानियहरुले महामारीको वेलामा भिडभाड गर्ने तथा भौतिक दुरी समेत कायम नगरे पछि प्रहरी व्यवस्थापन मात्र गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुँवरले बताए । राहत लिन आएकाहरु प्रहरीको मुलगेटमा होहल्ला गर्न थाले पछि प्रहरीले भिडलाई नियन्त्रण गर्न समान्य बल प्रयोग गरेको उनको दावी छ ।

प्रहरीले राहत लिनलाई बोलाएर कुटपिट गरेको भन्दै करिब हजार ५ सयको संख्यामा रहेका स्थानिय जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गर्न पुगेका थिए । प्रमुख जिल्ला अधिकारी आफनो कार्यालयबाट बाहिर ननिस्केपछि केहि बेर मुख्यगेटमा धर्ना समेत दिएका थिए ।

लामो समय सम्म बन्दाबन्दीको मार झेलेका स्थानियहरु राहत पाउने आशामा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । तर प्रहरीले राहतको ठाउँमा लाठी बर्षाएपछि स्थानिय निरास भएर फर्केका छन । यो घटनाले पर्सा प्रहरीको चौतर्फी रुपमा आलोचना समेत हुन थालेको छ ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्