नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा सुवेदी



काठमाडाैं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) उत्तमराज सुवेदीलाई दिइएको छ ।

 

उनी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत उजुरी छानबिन एकाइमा कार्यरत थिए ।

 

यसअघि प्रवक्ता रहेका शैलेश थापा क्षेत्री डीआईजीमा बढुवा भई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन भएपछि सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्