मृत्युपछि भारतीय मजदुरमा कोरोना पुष्टि



धनुषाः मृत भेटिएका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत उनमा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको हो ।

गत भदौ १७ गते राति कम्पनीमै सुतेका भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागेर उपचार गराइएको थियो ।

उनको मृत्युपछि १८ गते बिहानै कोरोना आशंका गर्दै स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको र १८ गते राति नै उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

शव नेपाली सेनाको टोलीले महेन्द्रनगर र इच्छापुरकोबीचमा रहेको जलाद नदीमा व्यवस्थापन गरेको छ ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्