सहिद अफ्रिदीलाई पछि पार्दै विश्व नम्बर १ बने सन्दीप



काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने २०१९ को सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्। हाल आईपीएलमा आबद्ध उनले गएराति दिल्ली क्यापटल्सबाट पन्जावविरुद्ध दुई विकेट लिएका हुन्। यो सँगै उनी २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बन्न सफल भए। 

पन्जावविरुद्ध २ विकेट लिएका उनले सनराइजर्स हैदरावादमा आबद्ध अफगानिस्तानका विश्व नं १ बलर राशिद खानलाई पनि उछिनेका छन्। उनले पाकिस्तानका चर्चित स्पिनर सहिद अफ्रिदी र सनराइजर्सबाटै खेलिरहेका बंगलादेशका स्पिनर शकिब अल हसनलाई पछि पारेका छन्।

यस वर्ष सन्दीपले २७ विकेट लिँदा अफ्रिदीले २६, खानले २५ तथा हसनले २४ विकेट लिएका छन्। उनले अस्ट्रेलियाको विग ब्यास लिगदेखि पाकिस्तान सुपर लिगसम्म खेलिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्