मिथिला क्षेत्रमा भव्य पूजासहित काेजाग्रत पूर्णिमा मनाइँदै (फाेटाे फिचर)



जनकपुरधाम : जानकी मन्दिर स्थापना भएदेखि हालसम्म महोत्तरीको एउटै परिवारवाट प्रत्येक वर्ष झैं आज पनि सय कडो भार आउँदै छ । कोजाग्रत पूर्णिामाको दिन जानकी मन्दिरमा कोजगराको भव्य पूजा हुनेछ ।

 

महोत्तरीको ठाकुर परिवारबाट कोजाग्रत पूर्णिमाको दिन पारेर प्रत्येक वर्ष झै यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ । यस अवसरमा पान, मखान, केरा र विभिन्न प्रकारका मिठाई परिकारसहित ५१ भार आउन लागेको वरिष्ठ समाजसेवी अमरचन्द्र अनिलले जानकारी दिए ।

 

छोरीको बिहेपछि पहिलो वर्षको आश्विन महिनाको पूर्णिमा तिथिमा मिथिलामा मेवा मिष्ठान्न, दहीच्युरा र फलफूल सहितको भार छोरीको घरमा पठाउने प्रचलन छ । 

 

जानकी मन्दिर स्थापना भएपछि हालसम्म यो भार पठाउने चलन चल्दै आएको सफाइ अभियन्ता सुरेश शर्माले बताए ।

 

शर्माका अनुसार जानकी मन्दिरको महन्थका रूपमा साकेतबासी नवलकिशोर दास महन्थको भएको बेलामा महोत्तरीको रतौली गाउँ बस्ने स्व. महेन्द्रप्रसाद ठाकुरले पहिलो सन्तान प्राप्तिदेखि १०८ वटा भार जानकी मन्दिरमा पठाउँदै आएको बताए । हाल ठाकुर परिवारको पाँचौ पुस्ता चलिरहेको र यो परम्परा यद्यापि कायमै छ । 

 

स्व. महेन्द्रबाबुले सुरु गरेका यस परम्परा स्मरण गर्दै शर्माले भने, ‘सुरुमा जमिनदार परिवारबाट सुरु भएको यो अनुकरणीय परम्परा धान्न कठिन भएको छ । 

 

शर्माको कथन मान्ने हो भन्ने अब यो परम्परा लाई समाजले अपनाउनुपर्छ र निरन्तरता दिन सक्नुपर्छ । भारलाई स्वागत गर्न नागरिक समाज अगुवा धनुषा ट्राफिक, जिल्ला प्रहरीको टोलीलगायत स्थानीय उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्