तेस्राे स्थानमा उक्लियाे आर्सनल, न्युक्यासल पराजित



एजेन्सी : आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा आर्सनलले मध्यम टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो ।

घरेलु मैदानमा सानदार प्रदर्शन गरेको आर्सनलको जितमा एरोन राम्सेले ३०आंै मिनेटमा खाता खोले । ८३औं मिनेटमा अलेक्सान्ड्रे लाकाजेट्टीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।

पछिल्लो खेलमा लयमा देखिएको आर्सनलले डेढ महिनाअघि १० अंकले अगाडी रहेको टोट्टनहामलाई अहिले पछि पारेको छ । जितसँगै लिगमा तेस्रो स्थान बनाएको आर्सनको ३१ खेलबाट ६३ अंक पुगेको छ । ३५ अंक बनाएको न्युक्यासल १४औं स्थानमा छ । 

चौथो स्थानमा रहेको टोट्टनहाम र पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान ६१ अंक छ । शीर्ष स्थानमा आसिन लिभरपुलको ७९ अंक र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्