प्रधानमन्त्री ओलीले तत्काल आफै राखे अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग राखेका छन् । दुवै मन्त्रालय सम्हाल्दैआएका डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि रिक्त भएको थियो । पदावधि सकिनु एक दिनअघि खतिवडाले शुक्रबार बेलुका प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका थिए ।


प्रधानमन्त्री ओलीको सिफारिशमा दुवै मन्त्रालय तत्काल प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपतिले तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्री पुनर्गठन नभएसम्म प्रधानमन्त्री ओलीलै नै दुवै मन्त्रालय सम्हाल्ने छन् । यस्तो छ राष्ट्रपतिको कार्यालयको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्