विराटनगरकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु



धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजेर ३० मिनेटमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

पछिल्लो समय श्वासप्रश्वासका साथै पेट र छाती दुख्ने समस्या आएको ती महिलाको प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

न्यूरो अस्पताल विराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।बि

गत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्