प्रचण्ड फेरि भारत जाँदै



काठमाडाैं : केही समय अघि मात्रै भारत भ्रमण गरेका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल फेरि भारत जाने भएका छन् ।

 

इन्डिया फाउन्डेसनकोे विशेष कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल अक्टोबर २६ मा नयाँ दिल्ली पुग्ने समाचार नवभारत टाइम्सले छापेकाे छ ।

 

भारतीय वित्त मन्त्री अरुण जेटली इण्डिया आइडियाज कान्क्लेवको पाँचौं संस्करणमा पहिला अटल बिहारी वाजपेयी स्मृति व्याख्यान दिनेछन् भने नेपालका पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल तथा कैंयौं केन्द्रीय मन्त्रीहरुको समेत उपस्थिति रहने जानकारी इण्डिया फाउण्डेसनले गराएको छ ।

 

फाउन्डेसनद्वारा आयोजित तीन दिवसीय समारोह २६ अक्टोबरदेखि सुरु हुँदै छ । मंगलबार जारी वक्तव्यका अनुसार यसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राज्यसभाका उपसभापति हरिवंशनारायण सिंह तथा केन्द्रीय मन्त्री पीयूष गोयल, सुरेश प्रभु, जयन्त सिन्हा, हरदीप सिंह पुरी तथा सत्यपाल सिंहले सम्बोधन गर्नेछन्।

 

कान्क्लेवको थिम ‘नागरिक घोषणापत्र’ हुनेछ । फाउन्डेसनले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मृतिमा व्याख्यानको पनि शुरूआत गरेको छ । फाउण्डेसनले जारी गरेको वक्तव्यका अनुसार भाजपा नेता जेटलीले ‘भारतीय लोकतन्त्र, यसको परिपक्वता तथा चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्