ड्युटीका क्रममा बेहोस भएका प्रहरी जवान ऐरको मृत्यु



कैलाली : ड्युटीका क्रममा बेहोस भएका एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए ।

५ नम्बर पोस्टमा ड्युटीमा खटिएका ऐर एक्कासी बेहोस भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल बढनगढी ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ बजेर ५० मिनेतमा उनको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्