चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु



चितवन : चितवनमा एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय पुरुषको आइतबार बिहान ८ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मृगौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्