सुदूरपश्चिम प्रदेशमा दुर्घटनामा २५ जनाले ज्यान गुमाए



धनगढी :  सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७५÷७६ को ३ महिनामा मात्रै २१ वटा सवारी दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएका छन् ।

 

प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना हुने क्रम बढेसँगै चालु आर्थिक वर्षको ३ महिनामा मात्रै दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका हुन् ।

 

चालु आर्थिक वर्षको साउनमा ४ वटा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन्, भने भदौ महिनामा त्यो संख्या बढेर १४ पुग्यो । सोबाट ७ जनाले ज्यान गुमाएका छन् ।  

 

त्यसैगरी असोज महिनामा ११ वटा सवारी दुर्घटनाबाट १५ जनाले ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।  

ट्रफिक नियमबारे नागरिकमा सचेतको कमी, सडकको अवस्था दयनीय हुनुलगायत कारण प्रदेशका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्दै गएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । 

 

प्रदेशमा हरेक वर्ष सवारी दुर्घटनाको संख्या बढ्दै जान थालेपछि यहाँ ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष ७२÷७३ मा १ सय ५५ सवारी दुर्घटना भएकोमा जसमा १ सय २१ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ७३÷७४ मा  १ सय ८४ सवारी दुर्घटनाबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

 

भने, त्यसैगरी आर्थिक वर्ष  ७४÷७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्रफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 

तथ्यांकका आधारमा पनि हरेक वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या उच्च नै रहेको देखाएको छ । अघिल्ला तीन आर्थिक वर्ष गरी चालु आर्थिक वर्षको तीन महिनामासम्म सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी ४ सय ४० जनाले ज्यान गुमाइसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्