गर्मीमा यसरी गरौँ मेकअप



एजेन्सी : राम्रो हुने चाहना सबैलाई हुन्छ । त्यसमा पनि नारीहरु यसमा बढी सतर्क रहन्छन् । कस्तो मेकअप गर्दा हामी आकर्षक देखिन्छौँ र कसरी गर्नुपर्छ भन्ने कुराको पनि हामीमा राम्रो ज्ञान हुनुपर्छ । प्रायः गर्मीमा हाम्रो छालामा चिल्लोको मात्रा धेरै हुन्छ । यदाकदा फुस्रो पनि हुने गर्छ । यस्तो अवस्थामा हामीले छालाको हेरचाह कसरी गर्न सकिन्छ र यसलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने कुराको जानकारी पाइराखौँ । गर्मीमा कसरी मेकअप गर्ने भन्ने सम्बन्धमा हामी केही जानकारीहरू :-

– गर्मी मौसममा स्टे्रट हेयर स्टाइल राम्रो देखिन्छ ।

– गर्मीमा हल्का मेकअप नै उपयुक्त हुन्छ । कसै-कसैलाई त नो मेकअप पनि सुहाउँछ ।

– गर्मी मौसममा ब्राइट ओरेन्ज लिपस्टिक पनि प्रयोग गरिन्छ ।

– ग्राफिक आइलाइनर पनि गर्मीमा राम्रै मानिन्छ ।

– गर्मीमा आफ्नो छालालाई पनि विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सिरम्स, बेबी क्रिम तथा प्रँइमर्स आफूसंगै राख्नु पर्छ ।

– गर्मीमा पसिनाका कारण मेअअप पग्लिने डर रहन्छ । त्यसका लागि वाटरप्रुफ कंसिलर प्रयोग गर्नुपर्छ । अन्य मेकअप पनि वाटरप्रुफ र स्मजफ्री हुनुपर्छ ।

– ओयल फ्रि मेकअप प्रयोग गर्नुपर्छ । वाटर बेस्ड ब्यूटी प्रोडक्ट प्रयोग गर्न सकिन्छ । गर्मीको लागि यो उपयुक्त हुन्छ ।

– वाटरप्रुफ कन्सिलर प्रयोग गर्नुपर्छ । शरीरको जुन भाग खुल्ला हुन्छ, त्यहाँ यसको प्रयोग गर्नुपर्छ ।

– गर्मीमा मेकअप गर्नुअघि प्राइमर प्रयोग गर्नुपर्छ । यसले तपाईं आकर्षक देखिनु हुन्छ ।

– मेकअप गर्नुभन्दा अघि चिसो पानीले अनुहार धुनु पर्छ । यसले तपाईंलाई फ्रेस देखाउँछ । यसबाट तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिक्छ ।

प्रतिक्रिया दिनुहोस्