चीनका उपराष्ट्रपति वाङ र नेकपा अध्यक्ष प्रचण्ड भेट



फाइल तस्विर

काठमाडाैं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गरेका छन् । 

अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताएका थियो । 

मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको बताएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

सो अवसरमा अध्यक्ष दाहालले आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेर मात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको बताएका थिए । उनले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको दोहोर्‍याए थियो । 

सो अवसरमा उपराष्ट्रपति सानले अध्यक्ष दाहालसँगको विगतका भेट स्मरण गर्दै भने, “तपाईंलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ ।” 

उपराष्ट्रपति सानले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्