पतिले पत्नीको कपाल जबर्जस्ती खौरिदिए, कारण यस्ताे



एजेन्सी : बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दोष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जानाजान गम्भीर पीडा दिएको आरोप लगाइएको छ । दोषी साबित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास सजाय दिइनेछ । उनीमाथि पत्नीको इज्जतमाथि प्रहार गरेको आरोप पनि छ ।

अधिकारकर्मीहरूले बंगलादेशमा महिलाविरुद्धको दमनको घटना बढिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्