कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा



काठमाडाैं : बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई ‘वाई प्लस’ क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् ।

सिफ्टका आधारमा २४सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको हो । उनलाई मुम्बइ फर्कन नदिने भन्दै धम्की आएपछि सुरक्षाको अपील गरेकी थिइन् ।

कंगनालाई भने मुम्बइ र महाराष्ट्रका मानिसको अपमान गरेको आरोप जनस्तरबाट उठेको छ । केही राजनीतिज्ञ तथा बलिउडकर्मीहरुले पनि उनलाई मुम्बइका मानिसको अपमान गरेको भन्दै गालीगलौज गरेका थिए ।

कंगनालाई केन्द्र सरकारले सुरक्षा दिएको विषयलाई लिएर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आश्चर्यजनक र दुखद् भनी टिप्पणी गरेका छन् । उनले भनेका छन् कि, ‘जो मान्छे मुम्बइ र महाराष्ट्रको अपमान गर्छ, उसैलाई केन्द्रबाट ‘वाई’ स्तरको सुरक्षा दिइन्छ । यो आश्चर्यजनक र दुखद हो ।’

यस कदमबाट केन्द्र सरकारले महाराष्ट्र र मुम्बइको अपमान गरेको पनि व्याख्या गरिएको छ । कंगनाले सुशान्त सिंह राजपुतको मृत्युबारे विवादित अभिव्यक्ति दिन थालेपछि शिवसेनाका नेता सञ्जय राउत र अनिल देशमुखले धम्की दिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्