हात खुट्टा किन निदाउँछ ? कारण यस्तो



एजेन्सी : मानिसहरुमा समय समयमा हिड्न गाह्रो भएझै गरी खुट्टा निदाउने गर्दछ । लामो समय एकै ठाँउमा बस्दा वा कुनै काम गर्दागर्दै पनि खुट्टा निदाएको अनुभूति हुन्छ । यस्तो बेला मानिसलाई निकै पीडा पनि हुन्छ र कहिले काहीँ उभिन र हिड्न पनि नसक्ने अवस्था पनि आउने गर्छ

खुट्टा निदाउने समस्या प्रायः धेरै समय एकै ठाँउमा बस्दा वा पर्याप्त मात्रामा रक्तसञ्चार उनुहाँदा भन्ने सोचिन्छ । तर एक अनुसन्धानले फरक कुरा पत्ता लगाएको छ ।

अनुसन्धानकर्ताका अनुसार, खुट्टा नसाका कारण निदाउने गर्दछ । यो शरीरमा हुने साना तारजस्तै नसा र उक्त नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश ल्याउने लैजाने काम गर्छन् । लामो समयसम्म खुट्टामा बल पारेर बस्दा उक्त नसामा दबाब पर्छ र यो दबाब शरीरका अन्य भागमा पनि फैलिएर खुट्टाले सहजै काम नगर्दा खुट्टा निदाएको अनुभूति हुन्छ ।

कुनै कुनै बेला हात तथा खुट्टामा यस्ता समस्या आउने अनुसन्धानकर्ताले बताए । शरीरका कुनै अंगमा दबाब पर्दा त्यो अंग निदाउँछ । ती नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबरले अलग अलग संवेदनालाई मस्तिष्कसम्म पुर्याउने काम गर्छ ।

त्यस्ता फाइबरको मोटाई पनि सानो या ठूलो जस्तासुकै अवस्थामा पनि हुनसक्छ । यसको मुख्य कारण माइलिन नामक सेतो पदार्थबाट बनाइएको एउटा झिल्लीजस्तो बस्तु हो । यसमा दबाब पर्दा नसाले मस्तिष्कसम्म आवश्यक मात्रामा अक्सिजन प्रवाह गर्न र रक्तसञ्चार गर्न नसक्दा त्यस ठाउँमा संवेदना महसुस हुदैन र उक्त अंग निदाउने गर्दछ ।

तर लामो समयसम्म भने यसको प्रभाव रहिरहदैन । मानिस विस्तारै हिड्दा वा उक्त अंग डुलाउँदा केही समयपछि खुट्टा निदाएको अनुभूति हुदैन । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः सञ्चालनमा आउँदा उक्त अंग फेरी संवेदनशील हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै किसिमको असर त पर्दैन तर केही समयसम्मका लागि छुट्टै खालको अनुभूति भने हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्