चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन



एजेन्सी : तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ ।

हास्यप्रधान तथा खलनायक चरित्रका लोकप्रिय रेड्डीको मंगलबार आफ्नै निवासमा हृदयघातबाट निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ ।

उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए । त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए ।

अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्