रिया चक्रवर्ती पक्राउ



नयाँ दिल्लीः बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ ।

मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो ।

जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोप छ । चक्रवर्तीको आजै मेडिकल जाँचसमेत हुने छ ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्