बेलायतमा ३.९ म्याग्नीच्युडको भूकम्प



लन्डनः बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । घरका सोफाहरू तथा दराजहरु हल्लिएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्