चौरजहारी विमानस्थल १७ महिनापछि पुन सञ्चालन



रुकुम पश्चिम जिल्लाकै पुरानो चौरजहारी विमानस्थल १७ महिना पछि पुनः सञ्चालनमा आएको छ । २०७४ को जेठबाट अवरुद्ध भएको विमानस्थल बुधबारबाट सञ्चालनमा आएको हो । विमान नभएको कारण देखाउँदै नेपाल वायु सेवा निगमले उडान बन्द उडान बन्द गरेको थियो ।

 

नेपाल वायु सेवा निगमले हप्तामा दुई दिन उडान भर्ने चौरजहारी विमानस्थलका निमित्त स्टेशन इन्चार्ज सुरेन्द्र नेपालीले बताए । उनका अनुसार बुधबार काठमाडौं चौरजहारी नेपालगञ्ज र बिहीबार नेपालगञ्ज चौरजहारी काठमाडौं उडान हुने छ ।

 

लामो समयपछि विमानस्थल सञ्चालन हुँदा रुकुम पश्चिमको चौरजहारी नगरवासीका साथै सल्यान र जाजरकोटका स्थानीय हर्षित भएका छन् । रुकुम, जाजरकोट र सल्यानलाई लक्षित गरेर विमानस्थल २०२८ सालमा निर्माण भएको थियो ।

 

विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रका नागरिकहरुलाई ठुलो राहात पुग्ने चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले विश्वास व्यक्त गरे । ‘हामीले स्थानीय सरकारको तर्फबाट विमानस्थल पुन सञ्चालनको लागि पटक पटक पहल गर्‍यौं, उनले भने–ढिलै भएपनि विमानस्थल सञ्चालन भएको छ, यसबाट धेरै नागरिकलाई लाभ पुग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्