कोरोनाबारे भ्रम फैलाउने विरुद्ध कारबाही प्रक्रिया सुरु



काठमाडौंः (कोभिड-१९) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।

सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानीजानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

उनले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको संक्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरे ।

घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न उनले फेरि पनि दोहोर्याए । सरकारको आग्रह अनुसार धेरैले मास्कको प्रयोग गर्न थालेको भन्दै उनले धन्यवाद दिए ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्