लेखक तथा निर्देशक छेतेन गुरूङकाे निधन



काठमाडौं : फिल्म निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।

कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । पछिल्लो समय गुरूङ निर्माता सन्तोष सेनसँग मिलेर ‘हु।तु।तु।’ चलचित्र निर्देशनको तयारीमा थिए ।

उनले पहिलो फिल्मबाटै उत्कृष्ट लेखकको अवार्ड उचालेका थिए । त्यस्तै, डेब्यू निर्देशित फिल्म ‘डमरुको डण्डीवियो’ बाट उनले कामना अवार्डमा नव-निर्देशकको अवार्ड जित्न सफल भएका थिए । उनले सन् २०१५ मा आएको फिल्म ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्