ओस्कार विजेता स्क्रिनराइटर सर रोनाल्ड हार्वूडको निधन



काठमाडौं : ओस्कार विजेता स्क्रिनराइटर सर रोनाल्ड हार्वूडको मंगलबार निधन भएको छ ।

नाटक लेखक तथा स्क्रिनराइटर हार्वूडको प्राकृतिक कारणले निधन भएको उनकी एजेन्ट जुडी डाइसले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा जन्मिएका सर रोनाल्डलाई युद्ध पश्चातका बेलायतका वरिष्ठ नाटककार मानिन्छन् ।

उनले सन् २००२ को रोमन पोलान्स्कीको चलचित्र ‘द पियानिस्ट’ का लागि बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ ओस्कार अवार्ड जितेका थिए ।

उनले सन् २००८ मा बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ द डाइभिङ्ग बेल एण्ड द बटरफ्लाइका लागि बाफ्टा अवार्ड जितेका थिए ।

प्रकशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्