बलात्कारको घटनामा लापरबाही गर्ने प्रहरी कारवाहीमा



कञ्चनपुरः एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा गरेको लापरबाहीले एक प्रहरी जवान कारवाहीमा परेका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ ।

बेल्डाडी गाउँपालिकामा मामाको घरमा बस्दै आएकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएको भन्दै किशोरीकी मामाले प्रहरीमा उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते बेल्डाडीकै आरा मिल नजिक प्रहरीले फेला पारी प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए ।

घटनाको केही दिनपछि किशोरीले आफूमाथि ५ र ६ जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि बेल्डाडीका मनमोहन सिंह साउदलाई प्रहरीले पक्राउ गरेको थियो ।

भदौ १४ गतेदेखि बेपत्ता किशोरी ५ दिनपछि फेला परेकी थिइन् । उनलाई स्थानीय मनमोहन सिंह साउदलगायत ५ र ६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागु औषध खुवाउदै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले साउद पक्राउ परेको बताउदै अन्यको खोजी भैरहेको बताए । किशोरीलाई मेडिकल चेकजाँच गरी सेफ हाउसमा राखिएको बताइएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्