निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएको छ । कोरोना संक्रमण दल नघटेको भन्दै मन्त्रालयले थप एक साता निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएको हो ।

गत भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज (बुधबार) राति १२ बजेदेखि सकिदै छ ।

अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले थप एक साता लम्ब्याउने सुझाव दिएको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।

उनले दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने बताए ।

‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो,’ उनले भने–‘तर यससम्बन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’

यता मंगलबार उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्